किसान महासंघले रोपाई गरेर मनायो २२औं राष्ट्रिय धान दिवस

धनगढी । अखिल नेपाल किसान महासंघ कैलालीले राष्ट्रिय धान दिवस मनाएको छ । महासंघले धनगढी उपमहानगरपालिका–८ मा रहेको लालमनी रानाको खेतमा रोपाई गरेर दिवस मनाएको हो ।

राना अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य पनि हुन् । दिवसका अवसरमा रानाको खेतमा नेकपा एमालेका नेतादेखि मन्त्रीसम्मले धान रोपेका छन् ।

Advertisement

आइतबार बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहितका नेताहरुले रानाको खेतमा पुगेर धान रोपेका थिए भने त्यसपछि एमाले कैलालीका इन्चार्ज नारदमुनी रानासहितका नेताहरुले रोपेका छन् ।

धान रोप्न रानाको खेतमा पार्टीका पोलिटब्युरो सदस्य पनि रहेका राना, केन्द्रीय सदस्य तथा उद्योग मन्त्री भण्डारीका अतिरिक्त सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्द, किसान महासंघ सुदूरपश्चिमका अध्यक्ष मदनराज रेग्मी, नगर कमिटी अध्यक्ष अम्बिका विष्ट, पूर्व प्रदेश सांसद नेपालु चौधरी लगायतका नेताहरुले समेत धान रोपेर शुभकामना साटासाट गरेका छन् ।

Advertisement