काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा नेपाली सेनाको टोली खटिएको छ । जेनजी आन्दोलन उग्र भइरहेका बेला अराजक समूह पुगेर पशुपपतिनाथ मन्दिरको ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सेना खटाइएको हो ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको जानकारी दिए । जेनजी प्रदर्शनकारीका अगुवाहरुले भने साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन् ।
जेनजी प्रदर्शनकारीका अगुवाले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् । साथै, उनीहरुले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।
सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित जेनजी प्रदर्शनकारीले दोस्रो दिन आज सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, बालुवाटार, शीतल निवास लगायत नेताहरुका निवासमा आगजनी तथा तोडफोड गरेका छन् ।
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म १ हजार २९३ जनाको शव…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
प्रतिक्रिया