लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

काठमाडौँ । नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ ।

एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ ।

Advertisement

नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

यदि यस्ता गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिनका लागि तयार रहेको सेनाले स्पष्ट पारेको छ । ‘यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं’, सूचनामा भनिएको छ ।

Advertisement

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ । त्यसपछि सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाइएको छ ।

541946551_1630417644582754_3355657491678615332_n

Advertisement