कोहलपुर । बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ ।
घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएको सुरक्षा स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।
घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ ।
घाइते दुई जनाको उपचार जारी छ ।
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न…
धनगढी । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने…
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले विभिन्न निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी,…
काठमाडौँ । बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा करिब आठ अर्ब रुपैयाँ जम्मा भएको छ।…
प्रतिक्रिया