काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग साढे तीन घण्टा छलफल गर्दै प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने बताएका हुन् ।
Advertisement
अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै दलको झण्डा, प्रभाव वा सङ्गठन राख्न नदिइने बताउँदै राजनीति गर्न चाहनेले पेसागत जिम्मेवारीबाट अलग भएर पूर्णकालीन राजनीतिमा लाग्न सुझाव दिए ।
प्रधानमन्त्री शाहले दलीय सङ्गठन हटाउँदा कुनै ऐन बाधक नहुने स्पष्ट पारे । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले सङ्गठन हटाउने प्रयासमा धम्की र आक्रमण खेप्नुपरेको गुनासो गरेपछि प्रधानमन्त्रीले सुरक्षा समस्या भए तुरुन्त आफ्नो सचिवालय वा सम्बन्धित मन्त्रालयमा खबर गर्न निर्देशन दिए ।
Advertisement
उनले आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्यालले विद्यार्थी तथा कर्मचारी सङ्गठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए भने केही विश्वविद्यालयका उपकुलपतिले आङ्गिक क्याम्पसहरूमा अझै तनाव रहेको बताए ।






















प्रतिक्रिया