यति इन्टरनेशनल कलेजको पहिलो दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (SPU) सँगको सहकार्यमा सञ्चालन गरेको ब्याचलर अफ आट्र्स इन होटल एण्ड माइस म्यानेजमेन्ट (BA–HMM) कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको हो । कलेजका अनुसार नेपालमा एसपीयू शैक्षिक कार्यक्रमअन्तर्गत आयोजित यो पहिलो दीक्षान्त समारोह हो ।

समारोहमा ४५ जना स्नातक विद्यार्थीलाई दीक्षान्त प्रदान गरिएको थियो । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मान्यता प्राप्त उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, प्राध्यापक तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका कार्यकारी अध्यक्ष सञ्जय कुमार झाले स्नातक विद्यार्थीलाई बधाई दिँदै विश्वव्यापी आतिथ्य तथा उद्योगमा प्रवेश गर्दा व्यावसायिकता, निष्ठा र आजीवन सिकाइलाई आत्मसात् गर्न आग्रह गरे ।

कलेजका निर्देशक अणराज सिलवालले अभिभावकप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धता दोहोर्याए । प्राचार्य राम दिनेश मिश्रले दीक्षान्त समारोहलाई अन्त्य नभई जिम्मेवारी र विश्वव्यापी अवसरतर्फको नयाँ यात्राको सुरुवात भएको बताए ।

Advertisement

विद्यार्थी प्रतिनिधि सरगम परियारले चार वर्षे शैक्षिक यात्राका अविस्मरणीय अनुभव साझा गरे । प्राध्यापक पद्मप्रसाद घिमिरेले होटल तथा माइस व्यवस्थापनजस्तो विशिष्ट क्षेत्रमा डिग्रीको महत्व रहेको बताए । सांस्कृतिक प्रस्तुति, विद्यार्थी अनुभव आदानप्रदान तथा प्रमाणपत्र वितरणसँगै कार्यक्रम सम्पन्न भएको थियो । कलेजले यो दीक्षान्त समारोहलाई संस्थाको अन्तर्राष्ट्रिय शैक्षिक यात्रामा महत्वपूर्ण उपलब्धि र नयाँ इतिहासको रूपमा लिएको जनाएको छ ।

 

Advertisement