धनगढी । प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी टोलीहरूले जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा सो सामान फेला पारेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले २९ हजार चार सय बिस रुपैयाँ र अस्थायी प्रहरी बिट भाँसीबाट खटिएको टोलीले १ लाख ६२ हजार एक सय पचास रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानहरूमा स्प्राइट (पेय पदार्थ), चिनी, तेल, तोरी तथा फेन्सी कपडाहरू रहेका छन् । दुवै टोलीले गरी जम्मा १ लाख ९१ हजार पाँच सय सत्तारी रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार बरामद गरिएका सम्पूर्ण सामानहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
प्रतिक्रिया