काठमाडौँ । बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा करिब आठ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको र सहयोग आउने क्रम बढ्दै गएको जानकारी दिए।
उनका अनुसार बुधबारसम्म कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ। जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब निकासा गरिएको थियो।
निकासा भएको रकममध्ये ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकासा भइसकेको प्रधानमन्त्री शाहले बताए।
हाल उक्त कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप रु ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न…
धनगढी । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने…
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले विभिन्न निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी,…
काठमाडौँ । बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा करिब आठ अर्ब रुपैयाँ जम्मा भएको छ।…
प्रतिक्रिया