काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले विपद्को समयमा आरोप–प्रत्यारोपमा नलागी आफ्नो पार्टीले सरकारलाई खोजी, उद्धार र राहतमा साथ दिइरहेको बताए। उनले अन्तर्राष्ट्रिय निकायसँगै राज्यका सबै तहका सरकारलाई प्रभावित नागरिकको साथमा उभिन आग्रह गरे।
राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग भएकाले विपद्को अवस्थामा सरकारले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।
यस्तो अवस्थामा सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई समेत सँगसँगै परिचालन गर्नुपर्ने उनले बताए।
सुरुङमा अहिले पनि जीवित व्यक्ति हुनसक्ने उल्लेख गर्दै नेता शाहीले विज्ञ तथा घटनाबारे जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धारमा जुट्न सुझाव दिए।
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न…
धनगढी । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने…
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले विभिन्न निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी,…
काठमाडौँ । बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा करिब आठ अर्ब रुपैयाँ जम्मा भएको छ।…
प्रतिक्रिया