मोदीको तेस्रो कार्यकाल ! कस्तो रहला ? नेपाल–भारत सम्बन्ध

 बालाराम उपाध्याय (बाम बिश्लेषक)

नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्नुपर्दा विविध पक्षहरुलाई सुक्ष्म अध्ययन गरेर हेर्नुपर्ने हुन्छ । यि दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको हैसियतमा छन्, भने दुई देशबीच दौत्य सम्बन्ध कायम भएको लामो समय भएको छैन । नेपाल भारतबीच औपचारिक रूपमा सन् १९४७ (बि.स.२००४जेठ ३१)मा मात्र दौत्य सम्बन्ध कायम भएको देखिन्छ । तर, पनि नेपाल भारत सम्बन्ध सदियौंदेखि प्रगाढ रहँदै आएको थियो । नेपाल भारत सम्बन्ध प्राकृतिक, परम्परागत र राजनीतिक हिसाबमा मात्रै सिमित छैन । त्यसभन्दा बढी यसका सामाजिक, साँस्कृतिक र आर्थिक पक्षहरू छन् । नेपाल–भारत सम्बन्ध आफैमा मात्रै हैन अन्तर्राष्ट्रिय मञ्च र अन्तर्राष्ट्रिय प्रश्नहरुमा समेत सम्बन्धित भएर जान्छ ।

Advertisement

दक्षिणी भू–भाग हिजो राज्यको उत्पति हुनुभन्दा अगाडिदेखि अथवा राजनीतिक सीमानाहरु बन्नुभन्दा अगाडिदेखि समाज विकासको क्रममा रजौटा वा रजौटाभन्दा माथिसम्म उक्लिएका सामन्ती राज्यहरु हुँदा पनि थियो । त्यसक्रममा जुन सम्बन्धहरु विकास भए, ति सामाजिक–साँस्कृतिक सम्बन्धहरु राजनीतिक सम्बन्ध भन्दा पुराना छन् । श्रोत: (CTEVT प्रमाणपत्र तह सामाजिक अध्ययन)। यि र यस्ता प्रकारका तमाम सम्बन्ध हुँदाहुँदै पनि विभिन्न कालखण्डमा दुई देशबीच उतारचढाव आएको देखिन्छ । ति उतारचढाव पार गर्दै नेपाल र भारतबीच अहिले पनि अरु देशहरुसंग तुलना नै गर्न नसकिने विशेष सम्बन्ध रहि आएको छ । यि दुई देशबीचको सम्बन्ध कुनैबेला अत्यन्तै चिसो भई भारतले नेपालमा एकतर्फीरूपमा नाकाबन्दीसमेत लगाउनु परेको अवस्था सृजना भएको देखिन्छ । तापनि बाँकी समय अति सुमधुर र घनिष्ठ सम्बन्ध रहेको पाइन्छ ।

यि दुई देशको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवम् साँस्कृतिक समानता नै हो ।
प्राचिन समयदेखि नै एकै खालको धर्म, सस्कार अंगालेको पाइन्छ भने मिल्दोजुल्दो सामाजिक, साँस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गर्दै आएको देखिन्छ । दुवै देशमा बढि जसो जनताले सनातन हिन्दु धर्मको अवलम्बन गरेको पाइन्छ । हाम्रो धर्म ग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सीमानाको बन्देज रहेको देखिँदैन ।

Advertisement

विश्व शान्तिका प्रतिक गौतम बुद्ध जो नेपालमा जन्मिए र भारतमा ज्ञान प्राप्त गरे भने अयोध्याका राजा रामले नेपाली चेली सीतासंग विवाह गरेको कुराले नेपाल भारत सम्बन्ध रोटी–बेटीसंग पनि जोडिएको पाइन्छ । यसरी तमाम प्रकारका समानताका कारण दुई देशको सम्बन्ध सुमधुर हुँदाहुँदै पनि निम्न प्रकारका तत्वहरुका कारण नेपाल भारतबीचको सम्बन्धमा दरार पैदा हुने गरेको छ ।

१. भारतबाट नेपालको सीमा अतिक्रमण

Advertisement

२. भारतीय सुरक्षा बलको अनधिकृत नेपाल प्रवेश

३. नेपालको आन्तरिक मामिलामा अनावश्यक चाँसो राख्ने भारतको प्रवृत्ति

४. सन् १९५० को सन्धिले सिर्जना गरेको समस्या

५. भुटानी शरणार्थी समस्या समाधानमा भारतको उदासीनता

६. नेपालको जलसम्पदाको उपयोगमा भारतको स्वार्थपूर्ण दृष्ठिकोण

७. अति राष्ट्रवादी धारणाको विकास

८. एक–अर्कामा विश्वासको संकट तथा मनोवैज्ञानिक डर

९. खुला सीमानाको कारण अपराधिक व्यक्तिहरुको सहज ओहरदोहर ।

के फेरि पनि यि र यस्ता प्रकारका समस्याहरु हामीले झेलिरहन्छौं वा समाधान तिर लिइन्छ । त्यो त हेर्नै बाँकीनै छ । आफुलाई कट्टर हिन्दुवादी ठान्ने मोदी मठ—मन्दिर निर्माण र पूजा आराधनामा विवादित पनि न भएका हैनन् । विरोधिहरुलाई देख्नै न चाहने स्वभावका कारण पनि पटकपटक आलोचना खेपिरहेका छन् । नेपाल भ्रमणमा आएको बेला संसदमा सम्बोधन गर्दा संसद भित्र र बाहिर खुबै तालि खाए र चर्चा पनि धेरै भयो । धेरै ठूलो सहयोग गर्ने वचन दिए । त्यो वचन पुरा गरेनन् । भारतमा मात्रै हैन नेपालमा पनि हिन्दुराज्य पुनःस्थापनको लागि हिजोदेखि आजसम्म लागिरहेका छन् । देश धर्म सापेक्ष हुने या निरपेक्ष ? यो नेपाल र नेपाली जनताको चाँसो र सरोकारको विषय हो । यसमा उसले लागि पर्नु असान्दर्भिक र अस्वभाविक हुन जान्छ । हिजो जस्तै सजिलो त उसलाई पनि कहाँ छ र ! रुस युक्रेन युद्धले अमेरिका रुसबीच पुनः सम्बन्धमा दरार उत्पन्न भैरहँदा त्यसको असर भारत रुस र भारत अमेरिकाबीच पनि दुई पक्षीय र त्रिपक्षीय सम्बन्धमा समस्या आउन सक्ने संभावना रहेको छ । हामीले भारतलाई जहिल्यै नजिकको मित्र मान्दै आयौँ । तर, उसले हेपाहा र चेपाहा प्रवृत्ति देखाई रहयो । आफुलाई शक्तिशाली ठान्ने र अरुप्रति बैरभाव राख्ने भारतीय नीति नै हो । नेपाल मात्रै हैन अरु छिमेकी देशहरुप्रति गर्ने गरेको व्यवहारबाट पनि उसको विदेश नीति के रहेछ ? सजिलै बुझन सकिन्छ । नेपाल सानो ठूलोको नामले हैन समानता र सहअस्तित्वको साथै असल छिमेकीको हिसाबले सम्बन्ध अझै सुमधुर गर्न चाहन्छ । यो कुरा त्यहाँको नेतृत् ले बुझ्न जरुरी छ ।

गुजरातको मुख्यमन्त्री भएर मच्छे गाउँबाट माछा विकास गाउँ बनाउँदै गुजरात प्रान्तका विभिन्न ठाउँमा कतै तरकारी विकास क्षेत्र, कतै फलफूल विकास क्षेत्र, कतै पशुपालन विकास क्षेत्र त कतै पन्छि विकास क्षेत्र त कतै खाद्यान्न बाली उत्पादन विकास क्षेत्र बनाए । जुन कुरा भारतका अरु प्रान्तीय सरकारले सिको गर्दै क्रमशः लागु गर्दै गए । फलस्वरूप भारतको विकासमा महत्वपूर्ण योगदान दियो र धेरै कुरामा भारत आत्मनिर्भर बन्न पुग्यो । यसले मोदीलाई भारत जस्तो विशाल देशको जनताले विश्वास गर्न लायक बनायो । गुजरातबाट भारतीय राजनीतिको केन्द्रमा पुग्न सफल भरखरै तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको सफत लिएका मोदीको नेपालप्रतिको धारणा विगत झै हुन्छ, या फेरिन्छ ? नेपाल र नेपालीले नजिकबाट निहाली रहेका छन् ।

भूगोल र जनसंख्याको दृष्ठिकोणले मात्रै हैन आर्थिक हिसाबले पनि संसारकै ५ औं अर्थतन्त्र भएको देश भारत जसरी आजसम्म यहाँ पुग्यो आगामी यात्रा मोदी सरकार र भारतले केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिमा सुधार गरेन भने सुखद देखिन्न । रुसि राष्ट्रपति र चिनियाँ राष्ट्रपतिको बेइजिङमा भएको भेट र पछिल्लोपटक रुसी राष्ट्रपति र उत्तर कोरियाली राष्ट्रपतिबीच एकले अर्कोलाई आवश्यकताको आधारमा सहयोग आदानप्रदान गर्ने र अन्तर्राष्ट्रिय मुद्दामा एकताबद्ध भएर जाने सहमति भए पश्चात्ः विश्वमा हलचल पैदा गरेको छ । यि दुईटा घटनाबाट भारत अमेरिका लगायत देशहरु त्रसित बनेका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा आएको फेरबदल र शक्ति सन्तुलनमा के कस्तो भूमिका खेल्दै सम्बन्ध सन्तुलित गर्न सफल होलान् त ? स्वयं मोदी र उहाँको गठबन्धन सरकारले अपेक्षित कार्य गर्न सक्छ या सक्दैन अन्तर्राष्ट्रिय जगतमा चर्चा हुन थालेको छ । दुई कार्यकाल पुरा गरि तेस्रो कार्यकालको श्रीगणेश गर्न सफल मोदी यसभन्दा पहिले नेपाल नीतिमा गरम देखिए पनि यस कार्यकालमा केहि नरम देखिने छन् । गठबन्धनको टेकोमा उभिएको मोदी सरकार माझ थुप्रै समस्या र चुनौती छन् । जसले गर्दा उहाँको हिन्दु राज्यको अभियान र वैदेशिक सम्बन्ध केहि कमजोर हुने अनुमान गर्न सकिन्छ ।