धनगढी । साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गरे मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाडौंको सुन्दरीजलस्थित बागमतीको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ । साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाले सुख, शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।
धनगढी । स्थापनाकाल देखिनै सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय बेला-बेलामा विवादित बन्दै आइरहेको छ…
धनगढी । सुदूरपश्चिम आज ‘साक्षरङ्घ जिल्ला घोषणा भएको छ । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर’…
काठमाडौं । अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक…
धनगढी । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐनका लागि २ साउनसम्म पर्खने निर्णय गरेको छ…
काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले मङ्गलवार पनि…
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीन वटासम्म…
धनगढी । चुरे गाउँपालिकाको पहिचानका रुपमा रहेको गर्भा दरबार भत्किन थालेको छ । संरक्षण नहुँदा…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गते भित्र विद्यालय शिक्षा सम्बन्धी…
प्रतिक्रिया