काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ ।
आइतबार होटल रोयल सिंगी काठमाडौँमा सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरेका छन् ।