पेरिस ओलम्पिक : आज नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्दै

धनगढी । पेरिस ओलम्पिकमा आज नेपालका खेलाडीले दुई खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने भएको हो । नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे सुरु हुने छ ।