सह–चालक अपहरण प्रकरण : पाँच युवाविरुद्ध मुद्‍दा दर्ता

गजेन्द्र बम, धनगढी । कैलालीको पितमारी क्षेत्रबाट अपहरणमा परेका लोकेन्द्र चौधरीसहितका पीडित पक्षले पाँच युवाका विरुद्धमा अपहरणको मुद्‍दा दर्ता गरेका छन् । लम्की प्रहरीमा पीडित पक्षले पाँच जना युवाको नामसहित अपहरण तथा शरीर बन्दकको निवेदन दर्ता गरेका हुन् ।