बलाराम उपाध्याय
नेपालको आमूल परिवर्तनको सपना बोकेर २०५२ साल फागुन १ गतेदेखि आरम्भ भएको जनयुद्धको राप, ताप, प्रभाव र जनआन्दोलनको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रले जनतालाई नयाँ संविधान दियो । जसको माध्यमबाट गणतन्त्र, संघीयता, समानुपातिक र समावेशी प्रणालीको ग्यारेन्टी ग¥र्यो । जुन नेपालको संविधान २०७२ को मुख्य अंगको रूपमा स्थापित भयो । बृहत शान्ति सम्झौता र १२ बुँदे सहमति मार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण भएको माओवादी आन्दोलन (जनयुद्ध)ले प्राप्त गरेका मुख्य उपलब्धि बने । यि उपलब्धिहरुको स्वामित्व जसरी लिनुपर्ने हो, त्यसरी लिन त सकेन अब जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्न सक्छ या सक्दैन । यो माओवादीको लागि अग्नी परीक्षा हो ।
माओवादीले युद्धको समयमा जनतालाई भनेका थिए:
१) जातीय, धार्मिक, भाषिक, लैंगिक, क्षेत्रीय जस्ता विभेदको अन्त्य गर्ने,
२) राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्रको स्थापना गर्ने,
३) नयाँ संविधान निर्माण गर्ने,
४) सीमान्तकृत समुदाय र वर्गलाई राज्यको मूल प्रवाहमा समावेश गर्ने,
५) धनी र गरिवबीचको दुरी कम गर्न दलाल पूँजीवादको अन्त्य गर्ने,
६) अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभाव पर्न नदिने,
७) साहु र सरकारी ऋण मिनाह गर्ने,
८) बिर्तावालहरुको जमिन किसान र गरिवलाई वितरण गर्ने,
९) बुर्जुवा शिक्षाको अन्त्य गरी जनवादी शिक्षा प्रणाली लागु गर्ने । शिक्षा क्षेत्रमा बिकृतीका रुपमा रहेको निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै शैक्षिक क्षेत्रमा एकरूपता कायम गर्ने,
१०) मुलुकलाई संघीयतामा लैजाने र समावेशी र समानुपातिक व्यवस्था लागु गर्ने,
११) समाजमा रहेका सबै कुसंस्कार, कुप्रथा र विभेदको अन्त्य गरी समानता कायम गर्ने,
१२) युवा बेरोजगारी अन्त्य गर्ने,
१३) हाम्रो पार्टी र नेताहरु जनताको साथमै रहने र सुख, दुखमा सहयोगी बन्ने,
१४) भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने ।
यि र यस्तै जनजीविकाको सवालमा भुइँ मान्छेहरुका आवाज उठाएको हुँदा आम जनताको साथ र समर्थनमा लाखौं जनताको मन जित्न सफल माओवादी र यस पार्टीको नेतृत्वले के ग¥यो ।
१) अन्तरिम संसद
२) अन्तरिम संविधान
३) गणतन्त्रको स्थापना
४) नयाँ संविधान निर्माण
Advertisement
संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व मार्फत पीछडिएका जाती, वर्ग, क्षेत्र र समुदायलाई राज्यको मूल प्रवाहमा समावेश गराउन सफल भएको माओवादी नेतृत्व २०६४ सालको संविधान सभाको निर्वाचनपछि कमजोर हुँदै जानुको कारणहरु:
१) अन्तरिम संसदको गठन गर्दादेखि नै माओवादीमा विवाद सुरु हुन थाल्यो । जहाँ नेताकी श्रीमति र नातागोताको प्रवेश गराइयो । यो कुरा बोली र व्यवहारमा फरक देखिँदै जानु,
२) पद प्रतिष्ठा र आर्थिक लेनदेनमा नेताहरु लिप्त देखिन थाल्नु,
३) पार्टी विभाजन नहुनुपर्ने थियो । त्यसमा पनि पद, लोलुपता, स्वार्थ, महत्वाकांक्षी र जडतावादीका साथै धन, सम्पत्ति कमाउने धन्दामा नेताहरु सरिक हुन थाल्नु,
४) सबै नेताहरु सहर र विशेषगरि राजधानी केन्द्रित हुँदै जानु,
५) जनता, सहिद परिवार, घाइते, अपांग र आधारभूत वर्गलाई व्यवास्था गर्नु,
६) माओवादी नेताकै छोराछोरी महँगो निजी विद्यालयमा पढ्नु,
७) कतिपय नेताहरूले निजी विद्यालय (boarding school )नै सञ्चालन गर्नु,
८) साम्राज्यवाद र विस्तारवाद भनेर जसको विरोध गरियो, उसकै चाकरीमा लाग्नु,
९) कतिपय नेताहरु नैतिकता बेचेर फौजदारी अपराधका गतिविधिमा संलग्न हुन, तस्करीसंगै भ्रष्टाचारमा लिप्त देखिनु,
१०) लाभको पद लिने र बिलाशी जीवन जिउने व्यक्तिगत स्वार्थ,
१२) गुटबन्दी बढनु र पटकपटक विभाजित हुनु,
१३) पार्टी कमिटी ठूलो तर चलायमान नहुन,
१४) निरन्तर गाउँमा बसेर जनताको साथमा बसेको नेता र कार्यकर्ताले हैन नेतृत्व को वरिपरि घुम्ने जालझेल गर्ने बिबादास्पद छबि भएका पात्रहरु नेताकि श्रीमती र तिनैका आफन्तले निरन्तर लाभ को पद प्राप्त गर्नु,
१५) दलाल पुजीवादी बर्ग संग नेतृत्व टासिनु,
१६) नयाँ मान्छेलाई पार्टीमा ल्याउन नचाहने आइहाले टिक्न नदिने,
१७) समयमा भेला सम्मेलन नहुनु, भैहाले टिके प्रथाबाट नेतृत्व चयन हुने,
१८) विधि, विधानको बेवास्ता गरिनु । जनता र कार्यकर्तालाई नेता छान्ने अवसर नदिएर, नेतृत्वको नजरमा परेकोलाई पटकपटक जिम्मेवारी दिनु,
१९) पार्टी विभाजन हुँदा होस् या एकता आलोचना आत्मालोचना समिक्षा नहुनु,
२०) नेताहरुमा अराजकता बड्दै जानु र दण्डहीनता बढनु,
२१) नेताहरु सत्तामुखी हुनु, पार्टी र संगठन भन्दा नेतृत्वको चाकरी गर्ने र पद प्राप्त गर्ने, सम्पत्ति कमाउने, पार्टीप्रति जवाफदेही नै नहुनु,
२२) जिल्ला कमिटी सदस्यभन्दा माथिल्लो पदमा पुगिसकेपछि राजधानी बस्नुपर्ने,
२३) मुल नेतृत्वदेखि अरु नेताहरु पनि सत्ताभन्दा बाहिर बस्नै नसक्ने हुनु,
२४) संविधान निर्माण गर्दादेखि आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गरी अपनत्व लिन नसक्नु,
२५) प्रत्येक चुनावमा गठबन्धन गरेर जानु, नेतृत्व भावनामा बहकिनु र आत्मकेन्द्रीत हुनु,
२६) जिम्मेवारी पद राम्रालाई भन्दापनि हाम्रालाई भन्ने नेत्तृत्वको सोचाई,
२७) धेरै पटक एउटै व्याक्ति विभिन्न पद प्राप्त गरिरहने, दण्ड र पुरस्कारको व्यवस्था नहुनु । जसलाई जे गर्न पनि छुट हुनु, आदी ।
यस्ता तमाम खालका अन्तरविरोध माओवादी भित्र छन् । जनताको निरासा र आक्रोश पनि माओवादीप्रति बढि छ । हामीले गर्छौ भनेर ठूलो बलिदानबाट आएको पार्टीप्रति बढी भरोसा हुनु स्वभाविकै हो । यस पार्टी र यसको नेतृत्वले गल्ती गर्दै गएको कुरा त जनताले नजिकबाट नियालीरहेका थिए । अनि जनता रिसाउनु स्वभावविकै हो । तथापि एमाले काँग्रेस जसरी संस्था गत र संरचनागत भ्रष्टाचारको काण्डमा माओवादी मुछिएको देखिँदैन । तत्कालीन प्रचण्ड सरकारले सुशासन र सामाजिक न्यायको पक्षमा एकपछि अर्को राम्रो काम गर्दै गएको थियो । त्यसबाट जनताहरु अब केहि हुन्छकि, भन्नेमा आशावादी थिए ।
Advertisement
नेपालको घरेलु र भू–राजनीतिको कारण सत्ता बहिरगमन भएको माओवादी पार्टी र यसको नेतृत्वप्रति आमजनताको साहानुभूति देखिन्छ । यो स्वयं माओवादीको लागि अवसर हो । गत विगतमा भएका गल्ती कमजोरीहरुप्रति जनतासंग माफि माग्दै पार्टी र आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्दै जनताको माझ जाने र संगठन निर्माणमा ध्यानाकर्षित गर्ने । जनता र कार्यकर्तालाई नेतृत्व चयनको जिम्मेवारी दिँदै सबै तहका कमिटीहरु पुर्नगठन गर्नुपर्छ । सक्षम व्यक्तिहरुलाई जिम्मेवारी दिनुपर्छ । अबको बाँकी कार्यकालमा हामी सरकारमा जादैँनौं । आगामी २०८४ को चुनाव एक्लै लड्छौँ । हामीलाई एकपटकको लागि बहुमत दिनु होस् । सबै भ्रष्टहरुलाई कारवाही गर्छौ । न्याय र समनता कायम गर्दै स्वदेशमै रोजगार सृजना गरि युवा पलायन रोक्छौँ भन्ने आँट र साहासको साथ जनता माझ जानुपर्छ । विभाजित माओवादी घटकहरुसंग एकतामा जोड दिनुपर्छ । समाजवादी मोर्चामा रुमल्लिने हैन । पार्टी बलियो बनाउनेतिर लाग्नुपर्छ । पार्टी भित्रका गुट र उपगुटको अन्त्य गर्दै एकताबद्ध हुनुपर्छ । अर्कोपटक राम्रै मत प्राप्त गर्छ ।
त्यसो नगरी फेरि पनि सत्ताकै खेल, उही कुर्सीकै लडाइँ, उही चाल, उही चलन, उही नीति र उही नेतृत्व हुने हो भने, ‘नरहे बास नबजे बासुरी’ हुने वाला छ । यो माओवादीको लागि इतिहासकै गम्भीर चुनौती हो । अन्त्यमा यो चुनौती र अवसरलाई मध्यनजर गर्दै संसदमा कडा प्रतिपक्षको भूमिका खेल्दै आमजनताको माजमा जाने सुझाव सल्लाह लिने, गल्ली, कमजोरीको माफि माग्दै संगठन निर्माण गर्ने अन्तिम अवसर र चुनौती माओवादी पार्टीको सामु छ । यसलाई नेत्तृत्व तहले कसरी लिन्छ । पार्टीको भविष्य त्यसैले निर्धारण गर्नेछ । धन्यवाद
प्रतिक्रिया