११० बाढीपहिरो विस्थापित परिवारलाई नमुना बस्ती

गगन अयडी, (बाजुरा) । बाजुरामा दुई वर्षअघिको बाढीपहिरोबाट विस्थापित परिवारका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरिएको छ । संघको ६० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ३० प्रतिशत र जगन्नाथ गाउँपालिकाको १० प्रतिशत अनुदान लागतमा ११० घरसहितको नमुना बस्ती बनाइएको हो ।