काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० आई शृंखलाको अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि सुरू हुँदैछ । शृंखलाकै अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।
थाइल्याण्ड र नेदरल्याण्ड्स समान ४–४ जितसहित उपाधि होडमा छन् । आज थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।
यता नेपाल भने थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।…
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको…
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म १ हजार २९३ जनाको शव…
प्रतिक्रिया