कैलालीमा घाँटी रेटेर युवकको बीभत्स हत्या

धनगढी । कैलालीमा एक युवकको बीभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबाराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ ।

हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएका थिए । त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । टाउको बिनाको शरीर घटनास्थलमै छ ।

Advertisement

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आएका थिए । डीएसपी अवस्थीले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार, मृतक र हत्यामा संलग्न दुईजना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए । उनीहरूबीच पहिले चिनजान नरहेको प्रहरीले जनाएको छ ।

Advertisement

No popular posts found.