डा. सिंहद्वारा डोटीको बुढरमा लघुवित्त संस्थाका अधिकारीहरूलाई एक दिने प्रशिक्षण

डोटी, बुढर — आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञ डा. शैलेन्द्र प्रकाश सिंहले शुक्रबार डोटीको बुढारमा विभिन्न लघुवित्त संस्थाका अधिकारीहरूलाई लक्षित गरी “लघुवित्तका उदाउँदा चुनौती, पुनरुत्थान (रिकभरी) तथा समाधानका उपायहरू” विषयमा एक दिने प्रशिक्षण प्रदान गर्नुभएको छ।

कार्यक्रममा डोटी, अछाम, कैलाली, बाजुरा लगायतका जिल्लामा क्रियाशील दर्जनौँ लघुवित्त संस्थाका शाखा प्रबन्धक, फिल्ड सहायक र अन्य अधिकारीहरूको सहभागिता रहेको थियो।

Advertisement

डा. सिंहले आफ्नो प्रस्तुतीमा नेपालका लघुवित्त संस्थाहरूले पछिल्ला वर्षहरूमा भोगिरहेका प्रमुख समस्या — जस्तै असुली चुनौती, ऋणीको नैतिक जोखिम, वित्तीय साक्षरता अभाव, र जोखिम व्यवस्थापनको कमजोरी — लाई गहिरो रूपमा विश्लेषण गर्नुभयो। उहाँले सहभागीहरूलाई व्यवहारिक समाधानका उपायहरू पनि सुझाउनुभयो, जसमा ग्राहकको मनोविज्ञान बुझ्ने तरिका, पुनः असुलीका आधुनिक प्रविधिहरूको प्रयोग, समूह आत्म-जवाफदेहीता अभिवृद्धि र डिजिटल वित्तीय प्रणालीको उपयोग जस्ता बुँदाहरू समावेश थिए।

कार्यक्रमको दौरानमा सहभागीहरू बीच अन्तरक्रियात्मक छलफल पनि गरिएको थियो। सहभागीहरूले प्रशिक्षणले उनीहरूको दैनिक कार्यमा ठुलो सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

Advertisement

डा. सिंहले अन्त्यमा लघुवित्त क्षेत्र नेपालमा गरिबी निवारणको प्रभावकारी माध्यम हो भन्दै, यसको पारदर्शिता, दक्षता र ग्राहक केन्द्रित सेवा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

Advertisement

No popular posts found.