कैलाली । ‘सुदूरपश्चिम महोत्सव २०८२’ थप चार दिन चल्ने भएको छ । यहि मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भनिएको सुदूरपश्चिम महोत्सव थप चार दिने चल्ने भएको हो । अब महोत्सव पुस ६ गते समापन हुने आयोजकले जनाएको छ ।
महोत्सवप्रति दर्शकको उल्लेख्य सहभागिता र माग बढ्दै गएपछि अवधि थप गर्ने निर्णय गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले बताए । महोत्सवमा सुदूरपश्चिमका स्थानीय उत्पादन, कृषि सामग्री, हस्तकला, घरेलु उद्योगका सामग्री तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शनीमा राखिएको छ ।
Advertisement
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुँदै आएका र सुरक्षाको व्यवस्थालाई पनि थप कडा पारिएको आयोजकले जनाएको छ ।
Advertisement
No popular posts found.














प्रतिक्रिया