धनगढी । मोटरसाइकल र बोलेरो जीप ठोक्किंदा युवकको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जीप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।…
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको…
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म १ हजार २९३ जनाको शव…
प्रतिक्रिया