काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट रसियाले २५-१७ ले जितेको थियो भने दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा प¥यो । नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो । यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् ।
नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम…
धनगढी । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा…
धनगढी । नेपालमा उपेक्षामा पर्दै आएको कोदो र कोदोजन्य बालीको महत्त्वबारे पछिल्ला केही वर्षदेखि…
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
वासिङ्टन । अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ ।…
दक्षिण । पूर्वीनाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई…
धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर…
धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले…
प्रतिक्रिया