धनगढी । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आज २० वर्षपछि फरार रहेका लल्लन जागालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्लाको मधुबन नगरपालिका वडा नम्बर ४ स्थित ढोडरी बजारको बेलुवा चोकबाट उनलाई पक्राउ गरेको हो ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ घर भएका जागालाई २०६१ साल जेठ ३० गते जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेका भन्दै दोषी ठहर गरेको थिए ।
इलाका प्रहरी कार्यालय राजापुरले ४७ वर्षीय जागालाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय भजनी पठाएको छ ।
पक्राउ परेका लल्लन जागामाथि थप अनुसन्धान भइरहेको र उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
धनगढी । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११…
धनगढी । सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ…
धनगढी । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय…
धनगढी । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ । हरेक वर्षको जेठ १५…
धनगढी । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको ‘नेपालले भारतको जग्गा मिचेको’…
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बहुमत देखिएको छ । शुक्रवार…
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलाग्ने घोषणा गरेको छ…
प्रतिक्रिया