धनगढी । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–३ दुधढल्लाबाट प्रहरीले ४ किलो ८४५ ग्राम लागु औषध चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारीअनुसार सोमबार दिउँसो करिब १२ बजेतिर जयपृथ्बी राजमार्गमा बझाङको बागथलाबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र. ०१–००१ च ३९३३ नम्वरको जीपबाट लागु औषध चरेश जस्तो देखिने पदार्थ बरामद भएको हो ।
प्रहरी चौकी स्याडी, बझाङबाट खटिएको प्रहरी टोलीले ईन्ट्री पोष्टमा चेकजाँच गर्दा लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थसँगै जीप चालक बुंगल नगरपालिका–२ दहबगर पौटाका २९ वर्षीय दिपक धामी र सवारी धनी ४५ आईते धामी समेत नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम…
धनगढी । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा…
धनगढी । नेपालमा उपेक्षामा पर्दै आएको कोदो र कोदोजन्य बालीको महत्त्वबारे पछिल्ला केही वर्षदेखि…
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
वासिङ्टन । अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ ।…
धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले…
दक्षिण । पूर्वीनाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई…
धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर…
प्रतिक्रिया