धनगढी । आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ ।
फ्राईडे रिलिजको परम्परा धान्दै आएका यी तीनवाटै फिल्म देशभर एक अर्कोसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । ‘ममी’ समर निरौलाले निर्देशन गरेका हुन्, भने ‘सारंग’का निर्देशक प्रशान्त तामाङ रहेका छन् । ‘जुनाः एक व्यथा’ जीवन सेञ्चुरी निर्देशित फिल्म हो ।
Advertisement
तीनै फिल्मको कथावस्तु भने फरक फरक छन् । तीनै फिल्मको निर्माण पक्षले आ–आफ्नो फिल्म राम्रो भएको दाबी गर्दै आएका छन् ।
‘जुनाः एक व्यथा’ बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावको कथामा बनेको फिल्म हो । विवाह गरेर गएपछि श्रीमान्ले दिने यातना, सासूको क्रुद्ध व्यवहारलाई गीतमा झल्काउन खोजिएको छ ।
Advertisement
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतको अभिनय छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरेको बताउँछन् । उनी भन्छन्, ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई फिल्मले अन्त्य गर्छ ।’
Advertisement
पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको फिल्म बीबी अनुरागी र रमेश सेञ्चुरीको सङ्गीत, रामेश्वर हुमागाईँको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले मिलेर गरेको हो ।
‘सारंग’
‘सारंग’ बाल मनोविज्ञान, बाल अधिकार, धनी–गरिब परिवारबीचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको फिल्मको हो । फिल्मले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने समस्या समेत देखाउँछ ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् र आदित्यको समेत अभिनय छ ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन । दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत, सुष्मा राईको कोरियोग्राफी छ । फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गरेको हो ।
‘ममी’
‘ममी हरर फ्यामिली ड्रामा निर्माण भएको फिल्म हो । फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन छ । फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो ।
No popular posts found.













प्रतिक्रिया