सांसद अरुण चौधरीको निलम्बन फुकुवा

माैलिक संवाददाता 2140+ समाचार ( )
१२ फाल्गुन २०७९, शुक्रबार

धनगढी । संसद् सचिवालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवाको पत्र निर्वाचन आयोगमा पठाएको छ । आयोगमा निलम्बन फुकुवाको पत्र पठाउनासाथ चौधरीको नाम मतदाता सूचीमा समाविष्ट गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सांसद चौधरीले निलम्बन फुकुवासँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउनेछन् । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण बिहीबार मध्याह्न्नसम्म मतदाता सूचीमा नाम समावेश थिएन ।

आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

सांसद चौधरी अदालतको आदेशअनुसार १९ माघमा पक्राउ परेका थिए । उनीमाथि १० वर्षअघिको कैलाली घटनामा ट्रयाक्टरमा आगजनी गरेको कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउन अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार