ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ अशोज २०७९, शनिबार

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ’ राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

गुल्मीका इन्जिनियर सागर डडेल्धुरामा चुनाव लडिरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै