मेस्सीले तोडे रोनाल्डोको रेकर्ड

Pradip Kumar Sah 21+ समाचार ( )
१८ मंगशिर २०७९, आइतबार

दोहा । विश्कप फुटबलमा सर्वाधिक गोल गर्नेको सूचीमा क्रिस्टियानो रोनाल्याडोलाई लियोनल मेस्सीले पछि पारेका छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले शनिबार राति अष्ट्रेलियाविरुद्ध गोल गर्दै रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका हुन् ।

यसअघि विश्वकपमा रोनाल्डोको र मेसीको गोल संख्या ८/८ थियो । शनिबार अष्ट्रेलियाविरुद्ध गोल गरेपछि मेसीको नाममा ९ गोल भएको छ ।

विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोज छन् । उनले २४ खेल खेल्दै १६ गोल गरेका छन् । 

अर्कोतर्फ मेसीले करिअरको १ हजारौं खेल खेले । जसमध्ये मेसीआफैंले कप्तानी गरेको यो १०० औं खेल हो। देशका लागि १६९ खेल खेलेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार