खैरो हेरोइनसहित छोरा भेट्न कारागार पुगेकी आमा पक्राउ

माैलिक संवाददाता 2140+ समाचार ( )
११ आश्विन २०८०, सोमबार

धनगढी । खैरो हिरोइनसहित छोरा भेट्न कारागार पुगेकी आमा पक्राउ परेकी छन् । कैलाली कारागारमा रहेको छोरालाई लागुऔषध पुर्‍याउने धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने ५० वर्षीया कमलादेवी अवस्थी आइतबार पक्राउ परेकी हुन् । 

उनलाई पाँच ग्राम ४० मिलिग्राम खेरै हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवस्थीले छोराका लागि लगेको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाएको अवस्थामा लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए ।

प्रहरीका अनुसार उनका छोरा २१ वर्षीय प्रकाश लागुऔषधसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् । पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै