कैलारी गाउँपालिकामा डुवान, २५० परिवार विस्थापित

शेरबहादुर ऐर 16+ समाचार ( )
२३ श्रावण २०८०, मङ्गलबार

धनगढी । अविरल वर्षासँगैको बाढीका कारण कैलालीमा डुवान भएको छ । जिल्लाको कैलारी गाउँपालिकामा झण्डै २५० घरपरिवार डुवानका कारण विस्थापित भएका छन् । 

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलारी गाउँपालिकाका धेरै ठाउँमा डुवान भएको छ । घरभित्र पानी पसेपछि स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालिएको छ । 

कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र बमले गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका बस्तीमा पानी पसेर २५० घरपरिवार विस्थापित भएको जानकारी दिए। डुवान क्षेत्रका बासिन्दालाई अहिले स्थानीय विद्यालयमा राखिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा धनगढी विमानस्थलमा ०.२ मिलिलिटर वर्षा हुँदा टीकापुरमा १०७ मिलिलिटर वर्षा भएको छ । 

कैलालीको कार्णाली नदीमा जलसतहसँगै पानीको बहाव बढ्दै गएको छ भने अन्य सहायक नदी तथा मोहना नदीको बहाव भने मंगलबार बिहानसम्म स्थिर रहेको बताइएको छ ।

मंगलबार बिहान कर्णाली नदीमा जलसतह ७.८६ मिटर पुगेको छ । सो नदीको जलसतह १० मिटर पुगेमा सर्तकता तह र १०.८ मिटर पुग्नुलाई खतराको तह मानिन्छ । 

कैलालीका सहायक नदी स्थिर भएपनि मंगलबार पनि कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया

Lshtte १८ वैशाख २०८१, मङ्गलबार

how to buy hydrochlorothiazide - buy generic felodipine 5mg order zebeta 10mg online

Oguaxu १६ वैशाख २०८१, आइतबार

generic lopressor 100mg - buy telmisartan paypal order adalat 10mg sale

Menngr १५ वैशाख २०८१, शनिबार

buy generic lanoxin 250 mg - furosemide oral furosemide 100mg pills

Lfsiny १३ वैशाख २०८१, बिहीबार

buy ketoconazole 200 mg without prescription - purchase lotrisone without prescription sporanox where to buy

Ryjfli १३ वैशाख २०८१, बिहीबार

order famciclovir pills - purchase acyclovir sale order valaciclovir without prescription

Pvkhug ११ वैशाख २०८१, मङ्गलबार

brand terbinafine 250mg - order griseofulvin sale grifulvin v order

Bzvmku १० वैशाख २०८१, सोमबार

order rybelsus pills - buy DDAVP online cheap desmopressin

Loknkj ९ वैशाख २०८१, आइतबार

repaglinide 2mg uk - buy empagliflozin without prescription purchase jardiance generic

Lldxho ७ वैशाख २०८१, शुक्रबार

buy metformin 500mg - purchase hyzaar without prescription cost precose

Ztewwr ६ वैशाख २०८१, बिहीबार

buy micronase generic - generic glucotrol 10mg buy cheap dapagliflozin

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार