काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा सरकारले सो योजना समेटेको हो । सङ्घीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ ।’
Advertisement
२०७१ साल असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति ९गठन० आदेश २०७१’ जारी गरेर काम थालेको थियो । २०७४ सालमा विकास समितिले चुरे संरक्षणको २० वर्षे गुरुयोजना बनाएर सुरु गरेको थियो ।
प्रतिक्रिया