प्रधानमन्त्री कपको उपाधि आर्मीलाई

धनगढी । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ । शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको सुदूरपश्चिम उपाधि जित्नबाट चुक्यो ।

सुदूरपश्चिमले दिएको १६२ रनको सामान्य लक्ष्य आर्मीले ३४.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । आर्मीका बसिर अहमद ४५ र इमरान शेख ४६ रनमा अविजित रहे ।

Advertisement

ओपनर तृतराज दास ३१ रन बनाउँदै पेभेलियन फर्के। कुशल मल्लले १७ रन थपे। भीम सार्की चार र कप्तान विनोद भण्डारी दुई रनमा पेभेलियन फर्के। सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए ।

त्यसअघि विरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमा अलआउट भयो । सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान दिए ।

Advertisement

किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन थपे । हेमन्त धामीले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

आर्मीका आकाश चन्द र शाहब आलमले समान तीन विकेट लिँदा बसिर अहमदले दुई र कुशल मल्लले एक विकेट आफ्नो नाममा पारेका छन् ।

Advertisement