काठमाडौं । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरेर मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका हुन् ।
‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ,’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’
मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ । उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ । गृहमन्त्री गुरुङविरुद्ध विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ ।
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।…
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको…
काठमाडौँ । त्रिशूली–३ ए आयोजनास्थलमा उद्धार कार्य जारी रहेको छ। उद्धारका क्रममा संरचनाभित्रबाट एकभन्दा बढी…
प्रतिक्रिया