काठमाडौँ । प्रतिनिधिसभाको बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
Advertisement
प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले विपद्मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। उनले घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।
सभामुख अर्यालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा र संरक्षण तथा उनीहरूको आवश्यक सेवामा सहज पहुँचको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
Advertisement
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै त्यसबाट नेपालका हिमनदी तथा हिमतालमा परिवर्तन भइरहेको बताए।
सभामुख अर्यालले जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा अन्तर्राष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक रहेकोमा जोड दिए।






















प्रतिक्रिया