-
स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई एक करोड ३० लाख, रजत विजेतालाई ९७ लाख र कांस्य विजेतालाई ६५ लाख पुरस्कार दिने सरकारको निर्णय छ । सन् १९६४ देखि ओलम्पिकमा भाग लिएको नेपालले अहिलेसम्म पदक जितेको छैन ।
-
पेरिस ओलम्पिकमा अमेरिकन खेलाडीले स्वर्ण जिते ३७ हजार पाँच सय अमेरिकन डलर पाउनेछन् । सिंगापुरले सात लाख ३७ हजार र मलेसियाले दुई लाख ३६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोली (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो । तेस्रोपटक आयोजक सहर बनेको पेरिसमा १० हजार सात सय १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ३२ खेलमा तीन सय २९ इभेन्ट्समा सहभागी खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । अन्तर्राष्ट्रिय अोलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका खेलाडीले पेरिसमा पदक जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछन् ।