हैजाका बिरामी बढ्दै, देशभर २० जनामा पुष्टि

धनगढी । हैजाका बिरामी दिनप्रति दिन बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो वर्ष देशभर २० जनामा हैजा पुष्टि भएको छ । उनले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।