धनगढी । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार ३० जना बेपत्ता भएका छन् भने १९४ जना घाइते भएका छन् ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।…
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको…
काठमाडौँ । त्रिशूली–३ ए आयोजनास्थलमा उद्धार कार्य जारी रहेको छ। उद्धारका क्रममा संरचनाभित्रबाट एकभन्दा बढी…
प्रतिक्रिया