हवाई कम्पनीहरूले तीन दिनसम्म टिकटको अधिकतम मूल्य नलिने

काठमाडौं । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक संघको बैठकले उक्त निर्णय गरेको हो ।