धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ जिल्लाको सभापतिमा सत्यराज उपाध्याय चयन भएका छन् । बुधबार सम्पन्न जिल्ला भेलाले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय कमिटी गठन गरेको सहसचिव मुकेश एडीले बताए ।

एडीका अनुसार उपसभापतिमा कृष्णबहादुर रोकाया, सचिवमा प्रयागराज जोशी, सहसचिवमा मुकेश एडी र कोषध्यक्षमा अनिता भाट चयन भएका छन् । भने सदस्यमा अशोकबहादुर मल्ल, मनिराम उपाध्याय, शिवराज बोहरा, कृष्णप्रसाद भट्ट र गोकर्णबहादुर सिँह चयन भएका छन् ।
Advertisement
रास्वपाका केन्द्रीय विभागका सदस्य मोहनराज जोशीको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको सहसचिव एडीले बताए ।
यस भेलाले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने बताउँदै प्रमुख अतिथि जोशीले नवगठित जिल्ला कमिटीलाई बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया