धनगढी । नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको छ । एनपिएलमा सहभागीमध्ये उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार पुरस्कार पाउनेछन् । सुदूरपश्चिम र जनकपुरबिचको फाइनल खेलपछि एकजना उत्कृष्ट नेपाली खेलाडी भाग्यमानी हुनेछन् । क्यानले सारडा ग्रुपसँग एनपिएकको ‘ड्रिभन बाई’का रूपमा ओमोडा एन्ड जेइकोसँग सम्झौता गरेको छ । क्यानले लिगदेखि फाइनलसम्म घरेलु खेलाडीको प्रदर्शन आधार मानेर कार दिने जनाएको छ । एनपिएलमा विदेशी खेलाडीको व्यक्तिगत प्रदर्शनको दबदबा रहँदा नेपाली खेलाडी पनि कम छैनन् ।