बाहुनले बिगारेको देश

बलाराम उपाध्याय । जुन देशको भाषा हराउँछ, संस्कार हराउँछ, संस्कृति हराउँछ, सभ्यता र धर्म हराउँछ त्यो देश हराउन बेर लाग्दैन । नेपाल ऐतिहासिकता बोकेको प्राचिन भूमि हो । स्वस्थानीमा वर्णन गरिएको बाग्मती । शिव पुराण र विष्णुमा वर्णन गरिएको कालीगण्डकी । महाभारतमा उल्लेख गरिएको स्वर्गद्वारी । रामायणमा वर्णन गरिएको जनकपुर र आज भन्दा ५-६ हजार वर्ष पहिले लेखिएको वेद जसलाई व्यस ऋषिले नेपालमै बसेर लेखेको तथ्य र प्रमाणलाई आधार मान्ने हो भने यो संसारकै प्राचिन तपोभूमि हो भन्दा अत्युक्ति नहोला ।

यतिमात्रै हैनन थुप्रै पुराण तथा धर्मशास्त्रलाई अध्ययन गर्ने हो भने कतै न कतै नेपालको बारेमा उल्लेख गरेको पाइन्छ । जसरी धार्मिक ग्रन्थहरुमा नेपाल बारेमा उल्लेख गरियो । पछिल्लो चरणमा तिनीहरुको बारेमा प्रचारप्रसार गर्ने व्याख्या विश्लेषण गर्ने काम जुन गतिमा हुनुपर्थ्यो त्यो भएन । बरु यस्ता तथ्यलाई बङ्ग्याउने । भ्रम फैलाउने । बिरोध गर्ने जस्ता कार्यहरु हुनथाले । फलस्वरूप हाम्रो मौलिक भाषा, संस्कार, संस्कृति सबै लोप हुँदै गयो । धर्म मासियो । यो कसले गर्यो ? किन गर्यो ? यसको सजिलै जवाफ छ, जो आफुलाई हिन्दु धर्मका ठेकेदार ठान्दछन, पठित ब्राह्मण भएको अभिनय गर्दछन् र धर्मलाई कमाई खाने भाडो बनाएका छन् ति बाहुनहरुको यसमा मुख्य भूमिका छ । यो देशका बाहुनहरुले यति मात्रै गरेनन्, भ्रष्टाचार गरे गर्न सिकाए, अनियमितता गरे गर्न सिकाए । देश जनताको हित भन्दा व्यक्तिगत पद पैसा र इज्जत प्रतिष्ठामा जोडबल गरे । शास्त्रीय मत, धार्मिक परम्परा र वैदिक संस्कारलाई आत्मसात गर्नुको सट्टा आफू अनुकूलको व्याख्या गर्न थाले ।

Advertisement

धन सम्पत्तिको आर्जन कसरी हुन्छ, पद प्रतिष्ठा कसरी प्राप्त गर्न सकिन्छ, यि र यस्तै कुराहरूमा ध्यान दिए । त्यतै लागे । पदको दुरुपयोग ब्राह्मण समुदायले जति अरु कसैले गरेको देखिन्न । धर्मका नाममा लुट्ने, ठग्ने, अपमानित गर्ने यस्ता प्रकारको थुप्रै काम यिनिहरुले गर्ने गरेको पाइन्छ । यसरी लेख्दै गर्दा के सबै ब्राह्मण यस्तै हुन् त ? यो कुरा पनि उठ्न सक्छ ? यस्ता जनसरोकारका विषयहरुमा आमरुपमा छलफल र बहसको आवश्यकता छ । जबकी केहि ब्राह्मण त यति संस्कारी छन् । जो दियोको बत्ति बराबर छन् । जसले आफु जलेर दुनियाँलाई उज्यालो दिएका छन् । सबै ब्राह्मण यस्तो छैनन् । तर, पनि हाम्रो समाज ब्राह्मण जातिको नियन्त्रणमा छ । उनैको निर्देशनमा चल्छ । जसलाई बिना सीप, बिना योग्यता गुरुको पदवी प्रदान गरिएको हुन्छ । गुरुले भनेको नै साँचो हुन्छ, गुरुले जानेको र बुझेको हुन्छ, गुरुले गलत गर्दैनन् र गुरुले भनेको मान्नुपर्छ भन्ने परम्परागत मान्यता रहदै आएकोले पनि बाहुन जातिप्रति बिश्वास गर्छन् । तिनैले गलत राय र सल्लाह दिएपछि हाम्रो सस्कार हराउने नै भयो नि ? रक्षक नै भक्षक भएपछि हिन्दू धर्म नासिने नै भयो नि ? मैले कुनै आबेग, उत्तेजना र आग्रह-पुर्बाग्रह राखेर लेख्दै छैन । यो तथ्यमा आधारित, व्यवहार तह पुष्टि भएको कुरा हो । अगुवा नै गलत भयो, उसले गलत बाटो देखायो, गलत सल्लाह दियो मात्रै हैन उसले गलत बिचार राख्यो र गलत बाटो हिड्यो भने पनि समाजमा धेरै समस्या आउँछन् । मदिरा सेवनमा, माछामासु खानेमा क्रिश्चियन धर्मको प्रचार गर्नेदेखि लिएर व्यविचारी त बढीभन्दा बढी यिनिहरु नै देखिन्छन् । हरेक क्षेत्रमा नेतृत्व यिनैले गर्ने यिनैको आचार बिचार राम्रो नहुने भनेपछि समाज कस्तो बन्छ ?

पार्टीको मुल नेतृत्वमा गए पार्टी बिगारे, न्यायाधीश भए अदालत बिगारे, सहसचिव/सचिव भए मन्त्रालय, विभाग आयोग, नियोग ध्वस्त पारे । हेडमास्टर भए प्राध्यापक भए विद्यालय/विश्वविद्यालय लथालिङ्ग बनाए । यसमा चित्त नबुझे त्रिभुवन विश्वविद्यालयको एन.सि.ए.भन्ने कार्यक्रमको विस्तृत जानकारी लिनुहोला ।रेडियो नेपाल र टेलिभिजनमा बाइबल पढ्नेहरूलाई अध्ययन गर्नुहोला । यि भन्दा तथ्य प्रमाण चाहिए दिन तयार छु । जहाँ लागे बिगारे । आज यो देशमा क्रिस्चियन धर्म बढ्यो भन्दै प्रचार गर्ने पनि यिनै क्रिस्चियनको पास्चर जम्मै यिनै । यहाँ ब्राह्मणको बिरोध बढी नै गरे जस्तो यो लेख हुन जाला ! वास्तविकता त यही हो । राष्ट्रघात हुने गरि गरिएका भनिएका सन्धि सम्झौता महाकाली सन्धिदेखि जम्मै सन्धि सम्झौता कुन जनजाति र दलितको छोरोले गर्यो ?

Advertisement

यसमा ब्राह्मणपछि क्षेत्रीहरू पर्दछ्न । योजना बनाउने ब्राह्मण जाति लागु गर्ने क्षेत्री यिनीहरु मिलेरै गरे, खाए देश बर्बाद बनाए । कालो बादल भित्र चाँदीको घेरा हुन्छ भन्छन् यि समुदाय भित्र पनि राम्रा माछे छन् । अब दलगत, जातिगत, धार्मिक र क्षेत्रीय चिन्तन भन्दामाथि देशलाई राखेर राम्रा मान्छेको सामूहिकता र एकताको आवश्यकता छ । यसमा सबैले योगदान गरौं । नभए रित्तो घर, बाँझो जमिन र बुढाबुढी मात्रै भएको देश बन्ने सम्भावना छ । नयाँ योजना, नयाँ दृष्टिकोण, नयाँ विचार आजको आवश्यकता हो । युवालाई विदेश पलायन हुनबाट रोक्न तत्काल योजना र कार्यक्रम ल्याइनुपर्छ । यसमा कसैको ध्यान गएको देखिँदैन। शुरुवात आफैबाट गरौं पहिले देश अनि आफू । सामुदायिक प्रयास र एकता आजको आवश्यकता । धन्यवाद ।।

Advertisement