सरकारी अस्पताललाई प्रभावकारी बनाउन जरुरी

नेपाली जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सरकारी अस्पतालबाट आमसर्वसाधारण जनताले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्दा सर्वसाधारणको लागि भनेर सञ्चालनमा ल्याइएका स्वाथ्य केन्द्रहरुको उपदेयितामा प्रश्न चिन्ह्र खडा हुन थालेको छ ।

सरकारी सेवाबाट आमसर्वसाधारणलाई लाभान्वित गराउने मूल उदेश्यका साथ खोलिएका संस्थाहरुनै सेवाबाट विमुख हुनुले पनि नीजि स्वास्थ्य संस्थाहरु बढी फस्टाई रहेका छन् । जसले गर्दा सर्वसाधारण जनता स्वास्थ्य सेवाको नाममा लुटिदैँ छन् ।

Advertisement

स्वास्थ्य जस्तो अतिनै महत्वपूर्ण संस्थालाई जनताको पक्षमा ल्याउन नसकेका कारण पनि जनताले सहज रुपले स्वास्थ्य सेवा पाउन सक्ने अवस्था देखिँदैन । नेपालमा खोलिएका सबै स्वास्थ्य संस्थाहरुलाई बढी जिम्मेवार, प्रभावकारी बनाउनेतर्फ राज्यका निकायले पहल नगर्ने हो भने नेपाल जस्तो गरिव मुलुकका लागि स्वास्थ्य निकैनै महंगो हुने देखिन्छ ।

नेपालका सरकारी स्वास्थ्य संस्थाहरुमा देखा पर्दै गइरहेका अस्वस्थताका कारण पनि मानिसहरु नीजि र महंगो स्वास्थ्य उपचार गराउन विवश भैरहेका छन् । नेपालमा विद्यमान स्वास्थ्य सेवामा आमूल परिवर्तन गर्दै जनताको हितमा प्रयोग गर्ने र जनतालाई नै वास्तविक राज्यका सेवाका भागिदार बनाउनका लागि पनि सरकारले मातहतका अस्पताललाई जनताको हितमा प्रयोग गर्नुपर्ने देखिन्छ । त्यसका लागि सरकारले स्वास्थ्य संस्थाहरुलाई बढीभन्दा बढी पारदर्शी बनाउनका साथसाथै राज्यले कर्मचारीहरुलाई आवश्यक पर्ने सेवा र सुविधा प्रभावकारी बनाउन जरुरी छ ।

Advertisement