आजको यस्तो छ मौसम पूर्वानुमान

धनगढी । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्रको मौसम सामान्यतया सफा रहनेछ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने महाशाखाले जनाएको छ । काठमाडौँमा बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५।६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।

Advertisement

बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने भएकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

No popular posts found.