कैलालीका ९ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

माैलिक संवाददाता 2140+ समाचार ( )
५ चैत्र २०७९, आइतबार

धनगढी । कैलालीका ९ क्याम्पसमा आज स्ववियु निर्वाचन हुन लागेको छ । आज जिल्लाको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस, लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि मतदानको समय विहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।

आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । वि।सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि १४ वर्षपछि हुन लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार