धनगढी । । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् ।
भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्रविन कुमार वैद्य बताएका छन् ।
महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग पहिलो चरणको विरोध स्वरुप काम ठप्प पारिएको बताए । माग सम्बोधन नभए अझै कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।
कैलाली भन्सार कार्यालय प्रमुख तिम्सिनामाथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले शनिबार राति कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको थियो ।
धनगढी । धनगढीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुनी पाटो खुल्ला भएको…
कञ्चनपुर । ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा…
धनगढी । स्थापनाकाल देखिनै सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय बेला-बेलामा विवादित बन्दै आइरहेको छ…
काठमाडौं । जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब…
सुर्खेत । चालु आर्थिक वर्ष सकिन लाग्दा स्थानीय तहहरू बजेट कार्यान्वयनको चटारोमा छन् । कामको…
काठमाडौं । सर्वोच्च अदालतले राट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन…
धनगढी । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान…
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय…
प्रतिक्रिया