धनगढी । । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् ।
भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्रविन कुमार वैद्य बताएका छन् ।
महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग पहिलो चरणको विरोध स्वरुप काम ठप्प पारिएको बताए । माग सम्बोधन नभए अझै कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।
कैलाली भन्सार कार्यालय प्रमुख तिम्सिनामाथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले शनिबार राति कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको थियो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति…
धनगढी । सरकारले भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानहरुमा भन्सार महसुल अनिवार्य तिर्नुपर्ने बनाएसंगै…
धनगढी । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बसेकी…
धनगढी । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको…
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा तयार गरिएको मस्यौदा प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ।…
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी…
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । मंगलबार…
प्रतिक्रिया