काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो ।
ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको सूचनामा उल्लेख छ । सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।
ती सहकारी संस्थाका ऋणीहरुले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

बझाङ । बिथ्थडचिर गाउँपालिकामा खेलमैदान निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै…
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (२०८३/०८४-२०८७/०८८० को मस्यौदा तयार गर्दै प्रदेशवासीको गुणस्तरीय…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति…
धनगढी । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार हाजिरी…
धनगढी । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा…
काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही…
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा तयार गरिएको मस्यौदा प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ।…
प्रतिक्रिया