विवादै विवादमा बित्यो रवि लामिछानेको गृहमन्त्रीकाल

उपप्रधान तथा गृहमन्त्रीका रुपमा रास्वपा सभापति रवि लामिछानेको दोस्रो कार्यकाल पनि प्रीतिकर रहेन । खल्तीमा राजीनामा बोकेर हिँडिरहेको बताउने उनी र रास्वपाका मन्त्री अझै पनि प्रचण्डकै खल्तीको राजीनामापत्र कतिखेर बाहिर निक्लेला भनी कुर्दैछन् ।