धनगढी । भोलियन्टियर्स क्रप्स नेपालकी केन्द्रिय उपाध्यक्ष राधा मताङ्गी सम्मानित भएकी छन् । त्रिवेणी महोत्सव २०८१ (चौथौं सस्करण)को अवसरमा आयोजक चुरे वतावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपाल कैलालीले उनलाई सम्मानित गरेको हो ।

एसियामा ‘पुष्प रानी’का नामले परिचित उनलाई समाजसेवामा पु¥याएको योगदानकोे कदर गर्दै सम्मान गरिएको चुरे संरक्षणका अध्यक्ष बीरेन्द्रबहादुर रावलले बताए । जहाँ प्राकृतिक तथा जैविक विपद् हुन्छ, त्यहाँका भोलियन्टियर्स क्रप्स नेपालले नेत्तृत्व गर्दछ ।
Advertisement
अध्यक्ष रावलले उहाँलाई सामाजिक कार्य गर्न थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले समाजसेवामा पु¥याएको योगदानको कदर गरिएको बताए । अध्यक्ष रावलले भने, ‘हामीले समाजसेवा, पर्यटन, भौतिक विकास तथा कृषि क्षेत्रमा योगदान पु¥याउने संघसंस्था तथा व्यक्तिलाई विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने गरेका छौं ।’
चुरे वतावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपाल कैलालीले दुर्गम पहाडी गाउँपालिका मोहन्याल ७ मा आयोजना गरेको त्रिवेणी मोहत्सव २०८१ यहि २२ गते सम्पन्न भएको हो । महोत्सवका अवसरमा आयोजक संस्थाले विभिन्न क्षेत्रमा रहेर सामाजिक कार्य गरिरहेका व्यक्तिहरुलाई सम्मानित गरेको थियो ।
Advertisement
सम्मानित हुनेहरुमा व्यवसायी तथा समाजसेवी जालपा देवी केवलकारका सञ्चालक तथा पूर्व जिसस प्रमुख सूर्यबहादुर थापा, कृषक टेकबहादुर बम, रमेश सापकोटा, सामजसेवी देविराम अधिकारी र नन्दराम बजगाँई रहेका थिए ।
पर्यटन प्रवद्र्धन तथा मोहन्याल गा.पा. ७ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणी धामलाई चिनाउने उद्देश्यले आयेजना गरिएको महोत्सवलाई सम्बोधन गर्दै भोलियन्टियर्स क्रप्स नेपालकी केन्द्रिय उपाध्यक्ष राधा मताङ्गीले सेवानै मानवीय धर्मको पहिचान भएको बताइन् । भोलियन्टियर्स क्रप्स नेपालले रहात सामग्री वितरण मात्र नभई पीडितहरुलाई उत्पादनमा पनि जोड्दै आएको बताउँदै उनले भनिन्, ‘नेपाल कृषि प्रदान देश भएकाले हाम्रो संस्थाले कृषिलाई प्राथमिकतामा राखेर उत्पादनमा जोड दिँदै आएको छ ।’
Advertisement
उनले भोलियन्टियर्स क्रप्स नेपालले प्राकृतिक तथा जैविक विपद्बाट तहसनहस भएका भौतिक संरचना पुर्ननिर्माण पनि गरिरहेको बताउँदै मोहन्याल गाउँपालिकामा एउटा सभाहलको आवश्यकता रहेकाले निर्माण गर्ने प्रतिबद्धता गरिन् । उनले आफ्नो संस्थाले शिक्षा क्षेत्रमा पनि कार्य गरिरहेको बताउँदै आवश्यकता अुसार विद्यालय भवन पनि निर्माण गर्ने गरेको बताईन ।
त्यस्तै, महोत्सवलाई सम्बोधन गर्दै पूर्व जिसस सदस्य तथा जालपा देवी केवलकारका सञ्चालक सूर्यबहादुर थापाले प्राकृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा चुरे संरक्षण मञ्चले अहम भूमिका खेलेको बताए । उनले दुर्गम पहाडी गाउँपालिकामा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतीले ठाउँको पहिचान बढाएको बताए ।
‘मोहन्याल गाउँपालिका भौगोलिक हिसावले आफैमा विकट छ’, उनले भने, ‘यस क्षेत्रका जनता अझै पनि आधारभूत आवश्यकताको पहुँचमा पुग्न सकेका छैनन् ।’ उनले मोहन्याल गाउँपालिका स्वास्थ्य क्षेत्रको पहुँचमा अझैपनि पुग्न नसकेको बताउँदै यहाँका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा जोड्न एम्बुलेन्स तथा शवबहन प्रदान गर्ने प्रतिबद्धता गरे ।
उद्योगी तथा पर्यटन व्यवसायी थापाले कैलालीको चिसापानी केवलकार सञ्चालनका लागि निर्माणको कार्य तिब्र भइरहेको बताउँदै केवलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलोमात्रमा भित्र्याउले र युवाहरुलाई रोजगारी पनि प्रदान गरिने बताए । थापा कैलालीका चर्चित उद्योगी तथा पर्यटन व्यवसायी हुन् ।
भोलियन्टियर्स क्रप्स नेपालले मोहन्याल गाउँपालिकामा गत जेठमा हावाहुरी प्रभावितहरुलाई रहात सामग्री वितरण गरेको थियो । जेठ पहिलो र दोस्रो साता गएको बिनासकारी हावाहुरीबाट घरटहरा भत्कीएर प्रभावित बन्न पुगेका मोहन्याल गाउँपालिकाको वडा नम्वर ३, ६ र ७ का १ सय २० जना प्रभावितलाई संस्थाले राहत सामग्री वितरण गरेको थियो ।
प्रतिक्रिया