भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । भिसिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला भारतबाट फकाईएको छ । उनीहरुलाई भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको हो ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पु¥याइएको छ ।

Advertisement

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले उनीहरूलाई सुनौली नाका हुँदै रूपन्देही पु¥याए प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार ती महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याइँदैछ ।

यसैबीच गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

No popular posts found.